श्री भगवती क्लबको टोली।
काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा श्री भगवती क्लबले जित निकालेको छ।
एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा भगवतीले वीरगञ्ज युनाइटेडलाई २-० गोल अन्तरले हराएको हो।
पहिलो हाफ बराबरी सकिएको खेलको ४८औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए।
८२औं मिनेटमा अनुजले व्यक्तिगत दोस्रो गोल गर्दै भगवतीलाई २-० को जित दिलाए।
जितसँगै भगवतीले १३ खेलमा १८ अंक जोडेर लिग सक्काएको छ। वीरगञ्जले समान खेलबाट १६ अंक जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।