काठमाडौं– बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा झम्सिखेल युथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न लिगको अन्तिम खेलमा बाँसबारीले झम्सिखेललाई २–१ ले पराजित गरेको हो।
खेलको ५४औं मिनेटमा भीष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो। यस्तै, ६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे।
७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको तर्फबाट एक गोल फर्काए पनि जितको लागि प्रयाप्त रहेन।
जितसँगै बाँसबारीले १३ खेलबाट १९ अंक जोडेर लिगको अन्त्य गरेको छ। यस्तै, झम्सिखेलले समान खेलबाट ९ अंक जोडेको छ। झम्सिखेल यसअघि नै तेस्रो डिभिजनमा घटुवा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।