काठमाडौं– बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ।
बार्सिलोनाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको हो।
फ्रान्कफुर्टमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली फ्रान्कफुर्टका लागि अन्सगर नाफले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काए।
यो बराबरीसँगै दुवै टोलीले सेमिफाइनल पुग्ने समिकरण रहँदा बार्सिलोनालाई अवे गोलको फाइदा हुन सक्नेछ। दोस्रो लेगमा यही नतिजा कायम रहे बार्सिलोना अवे गोलको आधारमा अघि बढ्नेछ।
दोस्रो लेग १४ अप्रिलमा बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ। फ्रान्कफुर्टलाई अघि चरण प्रवेश गर्न जित आवश्यकता पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।