काठमाडौं– सरकारले २० देशमा राजदूत नियुक्तिका लागि नामहरु सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २० देशका लागि राजदूत सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले ८ जना 'करिअर डिप्लोम्याट' (परराष्ट्र सेवाका कर्मचारी) र १२ जना 'राजनीतिक नियुक्ति'का राजदूत सिफारिस गरेको हो।
सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलाएर राजनीतिक नियुक्तिका १२ राजदूत सिफारिस गरिएको हो।
'राजनीतिक नियुक्ति'मा सिफारिस हुनेहरु:
कैलाश पोखरेल, अस्ट्रेलिया
डिल्लीराज पौडेल, मलेसिया
शान्ता रिजाल, इजराइल
जेपी प्याकुरेल, दक्षिण कोरिया
दानबहादुर तामाङ, दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल, स्पेन
बासुदेव मिश्र, श्रीलंका
मिलन तुलाधर, रसिया
प्राडा रामसुरज राय यादव, डेनमार्क
नवराज सुवेदी, साउदी अरब
विष्णुपुकार श्रेष्ठ, चीन
'करिअर डिप्लोम्याट'बाट राजदूत सिफारिस हुनेहरु:
नरेश विक्रम ढकाल
घनश्याम भण्डारी
हरिशचन्द्र घिमिरे
डोरनाथ अर्याल
सुशीलकुमार लम्साल
भरतकुमार रेग्मी
निर्मलराज काफ्ले
दुर्गाबहादुर सुवेदी
तिर्थराज वाग्ले
करिअर डिप्लोम्याटबाट राजदूतमा सिफारिस हुनेहरुको नियुक्ति सिफारिसको देश भने खुलाइएको छैन।
मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरु संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।