काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) ले मन्त्रालयको पदभार ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए।
नवनियुक्त मन्त्री बन्दीले अन्तरिम संविधानले अगाडि सारेका कुराहरुमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी रहेको र त्यसलाई टुंग्याउने जिम्मेवारी आफूले पाएको बताए।
‘हिजो म फरक भूमिकामा थिएँ। आज राज्यको तर्फबाट ती कामहरु पूरा गर्ने जिम्मेवारीमा पुगेको छु। मन्त्रालयले गर्नसक्ने कुरा हामी गर्दछौँ। सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा हामीले अघि सारेका प्रस्तावनाहरु सबै कुरालाई हेरेर कानुन संशोधन नगरिकन अघि बढ्न सक्ने देखिँदैन’, उनले भने।
नवनियुक्त मन्त्री कोइरालाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरु लगायतका कुरालाई हेरी कानुन संशोधन गरेर अघि बढ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।