काठमाडौं– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आगामी निर्वाचनमा आफ्नो सहभागिताको सम्भावनाबारे जानकारी लिएका छन्।
बिहीबार निर्वाचन आयोगको कार्यालय पुगेका उनले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दल दर्ताको सम्भावना के कस्तो छ भन्ने विषयमा छलफल गरेको बताए। 'छलफल सकारात्मक भयो', आयोगबाट बाहिरिँदै उनले भने।
स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता लगायतका काम आयोगले सकिसकेको छ। तर, चुनावमा भाग लिने निश्चित नगरिसकेको सो पार्टी आयोग दर्ता भएको थिएन। सो पार्टीमा निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा दुईथरी धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।