फाइल तस्बिर
काठमाडौं– बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। बैठक अपराह्न ४बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले बताए।
आजको बैठक बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा केन्द्रित रहने बताइएको छ। निर्वाचन आयोगले शुक्रबारदेखि आचारसंहिता लगाउने तयारी गरेकाले आजको बैठकले विभिन्न निर्णय तथा नियुक्ति गर्न सक्ने सम्भावना छ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ। निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन।
आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।