काठमाडौं– पूर्वअर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ गर्दाको जर्सी लिलामीमा राखिने भएको छ।
सन् १९८६ को फिफा विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको क्वाटरफाइनल खेलमा म्याराडोनाले ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’ गोल गर्दा उक्त जर्सी लगाएका थिए। सो खेलमा म्याराडोनाले लगाएको जर्सी लिलामीमा राख्न लागिएको हो।
उक्त जर्सीको मूल्य ४ मिलियन युरोभन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ। सो जर्सी अप्रिल २० देखि मे ४ तारिखसम्म अनलाइनमार्फत् विक्री हुनेछ। उक्त जर्सी लिलाम अवधिभर लन्डनको सोथेबीमा प्रदर्शनीमा राखिनेछ।
म्याराडोनाको उक्त जर्सी अहिले इंग्ल्यान्डका पूर्वमिडफिल्डर स्टिभ होजसँग रहेको बताइन्छ। अर्जेन्टीनाले इंग्ल्यान्डलाई २–० ले पराजित गरेपछि होज र म्याराडोनाले जर्सी आदानप्रदान गरेका थिए।
होजले हावामा फ्लिक गरेको बललाई म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।