काठमाडौं– सामाजिक युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा टुसाल युथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सामाजिकले टुसाललाई २–० गोलअन्तरले हराएको हो।
खेलको सातौं मिनेटमा सुरेश खत्रीले गरेको गोलबाट सामाजिकले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा सुरेशले नै गोल गर्दै सामाजिकलाई २–० को सहज जित दिलाए।
जितसँगै सामाजिकको १२ खेलबाट १४ अंक पुगेको छ। सामाजिकको यो चौंथो जित हो। यस्तै, समान खेलबाट टुसालले पनि १४ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।