काठमाडौं- ब्वाइज युनियनले सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनलाई पराजित गरेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुरलाई १-० गोलले पराजित गरेको हो।
ब्वाइज युनियनको जितमा रिवोश मास्केले निर्णायक गोल गरे। खेलको २०औं मिनेटमा मास्केले गोल गर्दै ब्वाइज युनियनको जित पक्का गरे।
जितसँगै ब्वाइज युनियनले लिगमा तेस्रो जित निकालेको छ। ब्वाइजले १२ खेलमा ४ बराबरी र ५ खेलमा हार व्यहोर्दै १३ अंक जोडेको छ। ब्वाइज तालिकाको १२औं स्थानमा उक्लिएको छ।
लिगमा मध्यपुरको यो छैठौं हार हो। १२ खेल खेलेको मध्यपुर ४ जित र २ बराबरी खेल्दै १४ अंकका साथ तालिकाको ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।