डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ।
रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ। डाबर नेपालका व्यवासाय प्रमुख एचएस बेदीले यो नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै एउटा उपज भएको बताए।
यस्तै, डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षक स्वरुपमा पेट ल्याइएको बताए।
रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो/टेष्टी र फन जुसको रुपमा परिचित गरिएको कम्पनीले जनाएको छ।
नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः ३५, ८५ र १५० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।