काठमाडौं– एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरूलाई सहज होस् भन्ने उद्देश्यले नरहा–३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा ११औं विस्तारित काउन्टर सुरु गरेको छ।
हिमालय सुगर मिल्सको तर्फबाट महाप्रबन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंकका मधेस प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेसन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी सञ्जीव झा लगायतको उपस्थितिमा काउन्टर सुरु गरिएको हो।
उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।
बैंकले उखु किसानहरूलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ। एनएमबि बैंकले हाल देशभरि ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएममार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।