काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पहिलो लेगमा १–० ले पराजित गरेको हो।
सिटीको जितमा बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गरेका थिए।
इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाए पनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो।
यो जितसँगै सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ। अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सिटी सेमिफाइनलमा प्रवेश गर्नेछ।
एट्लेटिको मड्रिडलाई सेमिफाइनल पुग्न दोस्रो लेगमा कम्तीमा पनि २–० को जितको खाँचो छ। दोस्रो लेग एट्लेटिकोको मैदानमा १३ अप्रिलमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।