काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले सहज जित हात पारेको छ। लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो।
बेन्फिकाको घरेलु मैदान लिसवोआ पोर्चुगलमा मंगलबार राति सम्पन्न खेलमा लिभरपुलका लागि इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले गोल गरे। घरेलु टोली बेन्फिकाका डार्विन नुनेजले एक गोल फर्काए।
खेलको १७औं मिनेटमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो। उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए। खेलको ३४औं मिनेटमा लुइस डियाजको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
खेलको ४९औं मिनेटमा डार्विन नुनेजले राफा सिल्भाको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए। तर, ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको जित पक्का गरे।
जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
अब यी दुई टोलीबीचको दोस्रो लेगमा लिभरपुलको मैदानमा १३ अप्रिलमा हुनेछ।
आगामी लेगमा २–० को हारले पनि लिभरपुलले सेमिफाइनलमा पुग्नेछ। बेन्फिकालाई सेमिफाइनल प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।