तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं– एएफसी कप छनोट २०२२ अन्तर्गत प्लेअफमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबले श्रीलंकन क्लब ब्लू स्टारसँग प्रतिस्पर्धा गरिरहेकको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नै श्रीलंकन क्लबले २-० को अग्रता लिएको छ। खेलको नवौं मिनेटमा नुर्लान नोभ्रजोभले पेनाल्टी बक्सको बाँयातर्फबाट गरेको प्रहार बाहिरिएको थियो।
१५औं मिनेटमा ब्लू स्टारले पेनाल्टी पाएको थियो। देवेन्द्र तामाङले सहेनल सन्देशलाई डि बक्सभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर, आर्पिद ओम्बेबेलेले गरेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए।
२४औं मिनेटमा ब्लू स्टारले अग्रता लियो। मोहमद असदलाई विशाल राईले फउल गरेपछि मोहमद फसलले मोहमद हसनलाई फ्रिककमार्फत् बल पास दिएका थिए।
उक्त बललाई मछिन्द्रका गोलरक्षक विशाललाई बिट गर्दै हसनले गोल गरे।
खेलको २८औं मिनेटमा ब्लू स्टारले अग्रता दोब्बर बनायो। सन्देशले रञ्जित धिमालले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।