काठमाडौं– एएफसी कप छनोट-२०२२ को प्लेअफ अन्तर्गत सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले अहिले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।
ब्लु स्टारविरुद्धको खेलका लागि मछिन्द्रको सुरुआती-११ सार्वजनिक भएको छ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो। मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। उक्त खेल अप्रिल १२ मा हुनेछ।
मछिन्द्रको सुरुआती- ११
ओमोलाजा करिम, विशाल राई सुनिल बल, विमल घर्ति मगर, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, रञ्जित धिमाल, छिरिङ गुरुङ, नुर्लान नोभ्रुजोभ, आन्द्रेस चोक्यु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।