काठमाडौं- सत्ता गठबन्धनको बैठकमा मुलुकमा देखापर्दै गइरहेको आर्थिक संकटको बारेमा छलफल भएको छ। मंगलबार बिहान बालुवाटारमा बसेको बैठकमा यस विषयमा गम्भीरतापूर्वक छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए।
मुलुकको अर्थतन्त्रमा देखा परिरहेको संकटहरुको बारेमा सरकारले गम्भीरतापूर्वक लिनुपर्यो। विज्ञहरुको सरसल्लाह लिनु पर्यो भन्ने कुरामा छलफल भयो', उनले भने।
त्यस्तै, गत शुक्रबादेखि आइतबारसम्म भारत भ्रमण गरी फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भ्रमणको विषयमा गठबन्धनको बैठकमा ब्रिफिङ गरेका छन्।
गठबन्धनको बैठकमा निर्वाचनको तयारीका सम्बन्धम पनि छलफल भएको छ। गठबन्धनका दलहरुबीच कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भएको खनालले बताए। त्यस विषयमा ठोस निर्णय भने भइसकेको छैन। तालमेल गर्ने भन्ने विषयमा यसअघि नै नीतिगत सहमति भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।