• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा १६ पाने ‘आतंक’ : लोकमान शैलीमा उत्रिँदै अख्तियार प्रमुख प्रेम राई

64x64
दुर्गा दुलाल सोमबार, चैत २१, २०७८  १४:२७
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले प्रहरीका उच्च अधिकारीलाई धमाधम १६ पन्ने फारम भराउन थालेको छ। प्रहरी अधिकारीहरु विरुद्ध पदमा बसेर अकूत सम्पत्ति कमाएको भन्ने बेनामी उजुरी पर्न थालेपछि अख्तियारले धमाधम उनीहरुलाई १६ पन्ने फारम भराएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो। 

तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्ना विरोधीहरुलाई तह लगाउन १३ पन्ने फारम भराएर हैरानी दिने गरेको भन्ने व्यापक गुनासो उठेको थियो। त्यही शैलीमा अहिले सामान्य बेमानी उजुरी पर्नेबित्तिकै अख्तियारले १६ पन्ने फारम भराउन थालेको एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। 

उच्च स्रोतका अनुसार अख्तियारले बहालवाला प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामालाई समेत १६ पन्ने फारम भराइएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा मुखमा लामालाई १६ पन्ने भराउनुले कतिपयले भने नियोजित रुपमा समेत अर्थ्याउने गरेका छन्। १६ पन्ने फारम पर्ने क्रममा लामाले आफ्नो बैंक खातामा जम्मा भएको काठमाडौं उपत्यकाकै घरजग्गा बेचेवापत आएको भनेर स्रोत खुलाएको अख्तियार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘लामालाई अहिले नै निर्दोष हुन् भनेर घोषणा गर्न त मिल्दैन। यद्यपि, घरजग्गा बेचेवापतको रकम खातामा जम्मा भएको चाल पाएर उनलाई हैरानी दिने तथा बढुवामा पछि पार्ने उद्देश्यले पनि १६ पन्ने भराएको भनेर आशंका गर्ने ठाउँ छ’, स्रोत भन्छ।

लामा मात्रै होइन प्रहरीका डीएसपी, एसपीसम्मले १६ पन्ने फारम भरेका छन्। एसपी योगबहादुर पाललाई पनि अख्तियारले केही समयअघि मात्रै १६ पन्ने फारम भराएको स्रोतले जानकारी दियो। राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका पाल भने पटक पटक विवादमा पर्दै आएका प्रहरी अधिकृत हुन्।

त्यसैगरी, अख्तियारले महानगरीय प्रहरी परिस काठमाडौंमा कार्यरत डीएसपी सुधीरराज शाहीलाई समेत १६ पन्ने फारम भराएको छ। शाहीको १६ पन्नेको साइनो भने काठमाडौंमा भएको प्रर्दशनमा नेकपा एमाले कार्यकर्तामाथिको दमन रहेको जानकारहरु बताउँछन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायत सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्ने गरेको फैसलाविरुद्ध समेत प्रर्दशनमा उत्रिएका एमाले कार्यकर्तामाथि डीएसपी शाहीको टोलीले दमन गरेको भन्दै त्यसैको प्रतिशोध साँध्न १६ पन्ने फारम भराइएको जानकार स्रोतले बतायो। प्रदर्शनमा डीएसपी शाहीको टोलीले हस्तक्षेप गरेको भन्दै त्यसको केही दिनभित्रै अख्तियारले शाहीलाई उजुरी परेको भन्दै १६ पन्ने फारम भर्न बोलाएको स्रोतको भनाइ छ। 

पूर्वगृह सचिव समेत रहेका अख्तियार प्रमुख प्रेमकुमार राई एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट हुन्। ओलीले नै अध्यादेशमार्फत्  राईलाई अख्तियार प्रमुख नियुक्त गरेका थिए। उनै राईको निर्देशनपछि डीएसपी शाहीलाई अख्तियारले १६ पन्ने भराएको जानकार स्रोतको दाबी छ। 

Ncell 2
Ncell 2

प्रदेश २ को तराईको जिल्ला धनुषाका एसपी वसन्त रजौरेलाई पनि अख्तियारले १६ पन्ने फारम भराएको छ। सामान्य बेनाम उजुरी पर्नासाथ अख्तियारले बहालवाला प्रहरीलाई १६पन्ने फारम भराएर हैरानी दिने गरेको गुनासो समेत उठ्ने गरेको छ। 

१३ पन्ने फारमलाई नवीन घिमिरे अख्तियार प्रमुख भएको बेला १६ पन्ने बनाइएको थियो। १६ पन्ने बनाउने क्रममा सम्पादकसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त घिमिरेले भनेका थिए, ‘इन्टेलिजेन्स समूहले गरेको अनुसन्धानका क्रममा अकूत सम्पत्ति आर्जन गरेको तथ्यहरू भेटिएमा मात्रै १६ पन्ने विवरण भराइने छ। हचुवाका भरमा कसैलाई पनि १६ पन्ने भराएर दु:ख दिने काम हुँदैन।’

तर, कतिपयले भने १६ पन्नेको दुरुपयोग गरेर हैरानी दिने उद्देश्यले भराउन थालिएको आरोप लगाउने गरेका छन्। सार्वजनिक पद धारण गरेका व्यक्तिले पदमा रहँदा वैधानिक रुपमा जति आम्दानी गरेको हुनुपर्ने हो, त्योभन्दा अस्वाभाविक सम्पत्ति देखियो वा उसको जीवनशैली त्यो भन्दा बढी अस्वाभाविक देखियो भने बल्ल १६ पन्ने भराउनु पर्ने हुन्छ। 

सार्वजनिक पद धारण गरेको व्यक्तिले अकूत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गर्नका लागि अख्तियारले १६ पन्ने फारम भराउँदै आएको छ। यो फारममा व्यक्तिको सम्पत्ति विवरण, सम्पूर्ण आयव्ययको विवरण भर्नुपर्छ। आफ्नो परिवारको सम्पत्ति, सम्पत्तिको स्रोत, श्रीमान/श्रीमतीदेखि छोराछोरीलगायत सबैको शिक्षा स्वास्थ्य, रोजगार/बेरोजगार, आम्दानीको स्रोत खर्च लगायत भर्नुपर्छ। 

१६ पन्ने विवरण भरेपछि उनीहरुमाथि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाउँछ। १६ पन्ने फारममा भरेको विवरण अनुसार आयव्यय मिलेको छ/छैन। आम्दानी भन्दा खर्च बढी छ/छैन? आम्दानीको स्रोत देखाउन सकेको छ/छैन? जस्ता प्रश्नको उत्तर अख्तियारले खोजेर दोषी देखिने ठाउँ भए कारबाही प्रक्रिया अघि बढाउन सुरु गर्छ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा... आइतबार, मंसिर २१, २०८२
दाङको लमहीमा गोली चल्यो गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ। शनिबार, मंसिर २०, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग ग... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने सोमबार, मंसिर २२, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
जनकपुरविरुद्ध कर्णाली ३ रनले विजयी, अघिल्लो पटकको उपाधि विजेता यसपटक पुछारमा आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्