• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा १६ पाने ‘आतंक’ : लोकमान शैलीमा उत्रिँदै अख्तियार प्रमुख प्रेम राई

64x64
दुर्गा दुलाल सोमबार, चैत २१, २०७८  १४:२७
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले प्रहरीका उच्च अधिकारीलाई धमाधम १६ पन्ने फारम भराउन थालेको छ। प्रहरी अधिकारीहरु विरुद्ध पदमा बसेर अकूत सम्पत्ति कमाएको भन्ने बेनामी उजुरी पर्न थालेपछि अख्तियारले धमाधम उनीहरुलाई १६ पन्ने फारम भराएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो। 

तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्ना विरोधीहरुलाई तह लगाउन १३ पन्ने फारम भराएर हैरानी दिने गरेको भन्ने व्यापक गुनासो उठेको थियो। त्यही शैलीमा अहिले सामान्य बेमानी उजुरी पर्नेबित्तिकै अख्तियारले १६ पन्ने फारम भराउन थालेको एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। 

उच्च स्रोतका अनुसार अख्तियारले बहालवाला प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामालाई समेत १६ पन्ने फारम भराइएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा मुखमा लामालाई १६ पन्ने भराउनुले कतिपयले भने नियोजित रुपमा समेत अर्थ्याउने गरेका छन्। १६ पन्ने फारम पर्ने क्रममा लामाले आफ्नो बैंक खातामा जम्मा भएको काठमाडौं उपत्यकाकै घरजग्गा बेचेवापत आएको भनेर स्रोत खुलाएको अख्तियार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘लामालाई अहिले नै निर्दोष हुन् भनेर घोषणा गर्न त मिल्दैन। यद्यपि, घरजग्गा बेचेवापतको रकम खातामा जम्मा भएको चाल पाएर उनलाई हैरानी दिने तथा बढुवामा पछि पार्ने उद्देश्यले पनि १६ पन्ने भराएको भनेर आशंका गर्ने ठाउँ छ’, स्रोत भन्छ।

लामा मात्रै होइन प्रहरीका डीएसपी, एसपीसम्मले १६ पन्ने फारम भरेका छन्। एसपी योगबहादुर पाललाई पनि अख्तियारले केही समयअघि मात्रै १६ पन्ने फारम भराएको स्रोतले जानकारी दियो। राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका पाल भने पटक पटक विवादमा पर्दै आएका प्रहरी अधिकृत हुन्।

त्यसैगरी, अख्तियारले महानगरीय प्रहरी परिस काठमाडौंमा कार्यरत डीएसपी सुधीरराज शाहीलाई समेत १६ पन्ने फारम भराएको छ। शाहीको १६ पन्नेको साइनो भने काठमाडौंमा भएको प्रर्दशनमा नेकपा एमाले कार्यकर्तामाथिको दमन रहेको जानकारहरु बताउँछन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायत सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्ने गरेको फैसलाविरुद्ध समेत प्रर्दशनमा उत्रिएका एमाले कार्यकर्तामाथि डीएसपी शाहीको टोलीले दमन गरेको भन्दै त्यसैको प्रतिशोध साँध्न १६ पन्ने फारम भराइएको जानकार स्रोतले बतायो। प्रदर्शनमा डीएसपी शाहीको टोलीले हस्तक्षेप गरेको भन्दै त्यसको केही दिनभित्रै अख्तियारले शाहीलाई उजुरी परेको भन्दै १६ पन्ने फारम भर्न बोलाएको स्रोतको भनाइ छ। 

पूर्वगृह सचिव समेत रहेका अख्तियार प्रमुख प्रेमकुमार राई एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट हुन्। ओलीले नै अध्यादेशमार्फत्  राईलाई अख्तियार प्रमुख नियुक्त गरेका थिए। उनै राईको निर्देशनपछि डीएसपी शाहीलाई अख्तियारले १६ पन्ने भराएको जानकार स्रोतको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश २ को तराईको जिल्ला धनुषाका एसपी वसन्त रजौरेलाई पनि अख्तियारले १६ पन्ने फारम भराएको छ। सामान्य बेनाम उजुरी पर्नासाथ अख्तियारले बहालवाला प्रहरीलाई १६पन्ने फारम भराएर हैरानी दिने गरेको गुनासो समेत उठ्ने गरेको छ। 

१३ पन्ने फारमलाई नवीन घिमिरे अख्तियार प्रमुख भएको बेला १६ पन्ने बनाइएको थियो। १६ पन्ने बनाउने क्रममा सम्पादकसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त घिमिरेले भनेका थिए, ‘इन्टेलिजेन्स समूहले गरेको अनुसन्धानका क्रममा अकूत सम्पत्ति आर्जन गरेको तथ्यहरू भेटिएमा मात्रै १६ पन्ने विवरण भराइने छ। हचुवाका भरमा कसैलाई पनि १६ पन्ने भराएर दु:ख दिने काम हुँदैन।’

तर, कतिपयले भने १६ पन्नेको दुरुपयोग गरेर हैरानी दिने उद्देश्यले भराउन थालिएको आरोप लगाउने गरेका छन्। सार्वजनिक पद धारण गरेका व्यक्तिले पदमा रहँदा वैधानिक रुपमा जति आम्दानी गरेको हुनुपर्ने हो, त्योभन्दा अस्वाभाविक सम्पत्ति देखियो वा उसको जीवनशैली त्यो भन्दा बढी अस्वाभाविक देखियो भने बल्ल १६ पन्ने भराउनु पर्ने हुन्छ। 

सार्वजनिक पद धारण गरेको व्यक्तिले अकूत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गर्नका लागि अख्तियारले १६ पन्ने फारम भराउँदै आएको छ। यो फारममा व्यक्तिको सम्पत्ति विवरण, सम्पूर्ण आयव्ययको विवरण भर्नुपर्छ। आफ्नो परिवारको सम्पत्ति, सम्पत्तिको स्रोत, श्रीमान/श्रीमतीदेखि छोराछोरीलगायत सबैको शिक्षा स्वास्थ्य, रोजगार/बेरोजगार, आम्दानीको स्रोत खर्च लगायत भर्नुपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१६ पन्ने विवरण भरेपछि उनीहरुमाथि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाउँछ। १६ पन्ने फारममा भरेको विवरण अनुसार आयव्यय मिलेको छ/छैन। आम्दानी भन्दा खर्च बढी छ/छैन? आम्दानीको स्रोत देखाउन सकेको छ/छैन? जस्ता प्रश्नको उत्तर अख्तियारले खोजेर दोषी देखिने ठाउँ भए कारबाही प्रक्रिया अघि बढाउन सुरु गर्छ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्