काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ।
पार्टी वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग लिन सकिने बताउँदै पार्टी प्रवक्ता मोहन श्रेष्ठले पार्टीका आर्थिक गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग लिने पक्षमा राप्रपा नभएको उल्लख गरेका छन्।
नेपालीहरुले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्याउने उनको भनाइ छ। प्रवक्ता श्रेष्ठका अनुसार पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई नि:शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन्।
साधारण र सक्रिय सदस्य अनलाइनबाटै दिने व्यवस्था गरिएको उनले बताए। आर्थिक सहयोग पनि आइएमईपे र खल्ती एपलगायतबाट दिन सकिने व्यवस्था मिलाइएको श्रेष्ठले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।