काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। छिमेकी राष्ट्र भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा शुक्रबार (चैत १८) गते भारत भ्रमणमा गएका थिए।
शुक्रबार उनले भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका थिए। शनिबार महत्त्वपूर्ण भेटघाटमा बिताएका थिए। आइतबार बिहान भने उनी बनारस पुगेका थिए।
भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। त्यस क्रममा केही आयोजनाको उद्घाटन गरिएको थियो। साथै, विभिन्न चार वटा सम्झौता गरिएका थिए।
उनको भ्रमण टोलीमा पत्नी आरजु राणा; परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव; नौ जना सचिव, उद्योगी, व्यवसायी, सञ्चारकर्मी गरी ५० जनाको टोली थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।