• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

डेढ वर्षअघि नेपाल आइपुगेको रेल बल्ल सञ्चालनमा

64x64
नेपाल लाइभ आइतबार, चैत २०, २०७८  १२:४४
1140x725

काठमाडौं– नेपालले भारतसँग खरिद गरेको दुइ वर्टा रेल २०७७ असोज २ गते जनकपुर आइपुगे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको रेलको सपना पूरा भएको भन्दै थुप्रै प्रशंसा पनि भयो। तर, उक्त रेल सञ्चालनमा आउन सकेन। 

उक्त रेल करिब डेढ वर्षपछि आइतबारदेखि सञ्चालनमा आएको छ। तीन दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रुपमा रेलको उद्घाटन गरेका थिए। त्यसपछि आइतबारदेखि कुर्था–जनकपुर–जयनगर नियमित रेल सेवा सुरु भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

भारत सरकारको आठ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण गरिरहेको जयनगर–बिजलपुर–बर्दिवाससम्मको ६९ किलोमिटर रेलमार्ग अन्तर्गत पहिलो चरणको जयनगर–कुर्थासम्म ३२ किलोमिटर खण्डमा रेल सञ्चालनमा आएको हो।

रेल सञ्चालनका लागि चालकसहित प्राविधिक कर्मचारीका लागि भारतीय रेलकम्पनीसँगै सम्झौता भएको छ। भारतीय रेल कम्पनी केआरसीएलसँग दुई पक्षीय जीटुजी सम्झौता भएको हो। महाप्रबन्धक झाका अनुसार सबै प्रशासनिक र सहयोगी गरी कूल ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरेर तालिम दिइसकेको छ।

खरिद भएको डेढ वर्षपछि बल्ल सञ्चालनमा
गत वर्ष असोजमै रेल नेपाल आइपुगेपनि कानुनको अभावदेखि अन्य विभिन्न कारणले रेल सञ्चालनमा आउन सकेको थिएन।

नेपालले भारतको कोंकण कम्पनीसँग बोगीसहित दुई रेल खरिद गरेको छ। ८४ करोड ६५ लाखमा उक्त रेल खरिद गरिएको हो। रेल खरिद भएपनि देशमा रेल सञ्चालनका लागि आवश्यक कानुन थिएन।

दुई पटक अध्यादेशमार्फत कानुन ल्याइयो। केपी शर्मा ओलीको सरकार हुँदा ल्याइएका अध्यादेश संसद्‌मा पेश भएकाबखत संसद् विघटन हुँदा निष्क्रिय भएकाले लागू हुन सकेको थिएन। केही दिनअघि तेस्रो पटक अध्यादेशमार्फत कानुन ल्याएसँगै हाल रेल सञ्चालनको बाटो खुलेको हो। 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ८४ करोड ६५ लाखमा भारतको कोंकण रेल्वे कर्पोरेसनसँग खेल खरिदका लागि रेल विभागलाई सैद्धान्तिक सहमति दिएको थियो। नेम्बाङले नै २०७६ पुस १८ गते रेल्वे विधेयकलाई राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए। उक्त विधेयक हालसम्म विचाराधिन नै रहेको छ। राष्ट्रिय सभाबाट विधेयक पारित हुन नसक्दा कानुन बन्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै रेलसम्बन्धी कानुन पनि बन्न सकेको थिएन। सरकारले खरिद गरेर ल्याएको रेल क्रिपालमुनि राखिएको थियो। लामो समयसम्म रेल सञ्चालनमा कुनै काम अघि बढेको थिएन। 

प्रशासनिक तवरबाट कानुन ल्याइएपनि रेल सञ्चालनका लागि जनशक्तिलगायतका पक्षमा भने अन्योल नै थियो। गत वैशाखमा तत्कालीन यातायात मन्त्री नेम्बाङले सोही महिनाभित्र रेल सञ्चालनमा ल्याउने दाबी पनि गरेका थिए।

तर, रेल सञ्चालनमा भने आउन सकेन। उनले रेलको निरीक्षणका लागि जाँदा जनपुरमा आयोजित एक कार्यक्रममा ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका थिए। तर, वैशाखमै जयनगरबाट रेल सञ्चालन गरि कुर्थासम्म पुर्‍याउने बताएपनि कार्यान्वयन भने हुन सकेको थिएन। 

रेल्वे कम्पनीका महाप्रबन्धक झाकाअनुसार आइतबारदेखि सञ्चालनमा आएका दुई रेल १६ सय हर्स पावरका रहेका छन्। डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरका दुई रेल प्रतिघण्टा ११० किलोमिटर चल्ने र एक पटकमा तीन सय यात्रु बोक्ने क्षमताका रहेका छन्। दुवैतर्फ इञ्जिन भएका यी रेललाई फर्काउने झझन्ट नहुने र दुवै तर्फबाट चलाउन सकिने झा बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जयनगरबाट कुर्थासम्मको भाडा ७० रुपैयाँ
झाकाअनुसार आइतबारदेखि सञ्चालनमा आएको रेल सेवाले दैनिक दुई पटक जयनगरबाट भारतको कुर्थासम्म यात्रुलाई सेवा दिनेछ। दुई वटा रेलले दुई सिफ्ट गरि दैनिक दुई पटक जयनगरबाट कुर्थासम्मको यात्रा गर्ने झाले बताए।

झाकाअनुसार हरेक दिन बिहान आठ बजे जयनगरबाट एउटा रेल कुर्थाका लागि छुट्नेछ। १० बजे उक्त रेल कुर्था पुग्नेछ। कुर्थामा केही समय रोकिएसँगै रेल फेरि त्यहाँबाट जयनगरका लागि निस्किने छ। 

दिउँसो ३ बजेबाट भने फेरि अर्को रेलले जयनगरबाट कुर्थासम्मको यात्रा गर्नेछ। दिउँसो तीन बजे जयनगरबाट छुट्ने रेल साँझ पाँच बजे कुर्था पुगेर यात्रु ओराल्नेछ। त्यसपछि फेरि जयनगरका लागि छुट्नेछ।

रेलमा सामान्य र एसी गरि दुई किसिमका बोगीहरु रहेका छन्। सामान्य बोगीको भन्दा एसी बोगीको भाडा पाँच गुणा बढी रहेको झाले बताए।

कुर्थाबाट चढेसँगै सामान्य बोगीको भाडा २० रुपैयाँ र एसीको भाडा १०० रुपैयाँ रहेको छ। कुर्थाबाट परवहासम्म सामान्यमा २० रुपैयाँ र एसीमा १०० रुपैयाँ भाडा तोकिएको छ। त्यस्तै, कुर्थाबाट वैदही सामान्यमा २५ र एसीमा १२५, कुर्थाबाट महिनाथपुर सामान्यमा ३५ र एसीमा १७५, कुर्थाबाट खजुरीसम्म सामान्यमा ५५ र एसीमा २७५ र कुर्थाबाट इनर्वासम्म सामान्यमा ६० र एसीमा ३०० रुपैयाँ भाडादर तोकिएको छ। जयनगरसम्मको भाडा भने सामान्यमा ७० र एसीमा ३५० तोकिएको छ। 

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए। सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ। यस्तै, आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनी बताउँछन्।

दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्