• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

डेढ वर्षअघि नेपाल आइपुगेको रेल बल्ल सञ्चालनमा

64x64
नेपाल लाइभ आइतबार, चैत २०, २०७८  १२:४४
1140x725

काठमाडौं– नेपालले भारतसँग खरिद गरेको दुइ वर्टा रेल २०७७ असोज २ गते जनकपुर आइपुगे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको रेलको सपना पूरा भएको भन्दै थुप्रै प्रशंसा पनि भयो। तर, उक्त रेल सञ्चालनमा आउन सकेन। 

उक्त रेल करिब डेढ वर्षपछि आइतबारदेखि सञ्चालनमा आएको छ। तीन दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रुपमा रेलको उद्घाटन गरेका थिए। त्यसपछि आइतबारदेखि कुर्था–जनकपुर–जयनगर नियमित रेल सेवा सुरु भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

भारत सरकारको आठ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण गरिरहेको जयनगर–बिजलपुर–बर्दिवाससम्मको ६९ किलोमिटर रेलमार्ग अन्तर्गत पहिलो चरणको जयनगर–कुर्थासम्म ३२ किलोमिटर खण्डमा रेल सञ्चालनमा आएको हो।

रेल सञ्चालनका लागि चालकसहित प्राविधिक कर्मचारीका लागि भारतीय रेलकम्पनीसँगै सम्झौता भएको छ। भारतीय रेल कम्पनी केआरसीएलसँग दुई पक्षीय जीटुजी सम्झौता भएको हो। महाप्रबन्धक झाका अनुसार सबै प्रशासनिक र सहयोगी गरी कूल ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरेर तालिम दिइसकेको छ।

खरिद भएको डेढ वर्षपछि बल्ल सञ्चालनमा
गत वर्ष असोजमै रेल नेपाल आइपुगेपनि कानुनको अभावदेखि अन्य विभिन्न कारणले रेल सञ्चालनमा आउन सकेको थिएन।

नेपालले भारतको कोंकण कम्पनीसँग बोगीसहित दुई रेल खरिद गरेको छ। ८४ करोड ६५ लाखमा उक्त रेल खरिद गरिएको हो। रेल खरिद भएपनि देशमा रेल सञ्चालनका लागि आवश्यक कानुन थिएन।

दुई पटक अध्यादेशमार्फत कानुन ल्याइयो। केपी शर्मा ओलीको सरकार हुँदा ल्याइएका अध्यादेश संसद्‌मा पेश भएकाबखत संसद् विघटन हुँदा निष्क्रिय भएकाले लागू हुन सकेको थिएन। केही दिनअघि तेस्रो पटक अध्यादेशमार्फत कानुन ल्याएसँगै हाल रेल सञ्चालनको बाटो खुलेको हो। 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ८४ करोड ६५ लाखमा भारतको कोंकण रेल्वे कर्पोरेसनसँग खेल खरिदका लागि रेल विभागलाई सैद्धान्तिक सहमति दिएको थियो। नेम्बाङले नै २०७६ पुस १८ गते रेल्वे विधेयकलाई राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए। उक्त विधेयक हालसम्म विचाराधिन नै रहेको छ। राष्ट्रिय सभाबाट विधेयक पारित हुन नसक्दा कानुन बन्न सकेको छैन।

Ncell 2
Ncell 2

तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै रेलसम्बन्धी कानुन पनि बन्न सकेको थिएन। सरकारले खरिद गरेर ल्याएको रेल क्रिपालमुनि राखिएको थियो। लामो समयसम्म रेल सञ्चालनमा कुनै काम अघि बढेको थिएन। 

प्रशासनिक तवरबाट कानुन ल्याइएपनि रेल सञ्चालनका लागि जनशक्तिलगायतका पक्षमा भने अन्योल नै थियो। गत वैशाखमा तत्कालीन यातायात मन्त्री नेम्बाङले सोही महिनाभित्र रेल सञ्चालनमा ल्याउने दाबी पनि गरेका थिए।

तर, रेल सञ्चालनमा भने आउन सकेन। उनले रेलको निरीक्षणका लागि जाँदा जनपुरमा आयोजित एक कार्यक्रममा ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका थिए। तर, वैशाखमै जयनगरबाट रेल सञ्चालन गरि कुर्थासम्म पुर्‍याउने बताएपनि कार्यान्वयन भने हुन सकेको थिएन। 

रेल्वे कम्पनीका महाप्रबन्धक झाकाअनुसार आइतबारदेखि सञ्चालनमा आएका दुई रेल १६ सय हर्स पावरका रहेका छन्। डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरका दुई रेल प्रतिघण्टा ११० किलोमिटर चल्ने र एक पटकमा तीन सय यात्रु बोक्ने क्षमताका रहेका छन्। दुवैतर्फ इञ्जिन भएका यी रेललाई फर्काउने झझन्ट नहुने र दुवै तर्फबाट चलाउन सकिने झा बताउँछन्।

जयनगरबाट कुर्थासम्मको भाडा ७० रुपैयाँ
झाकाअनुसार आइतबारदेखि सञ्चालनमा आएको रेल सेवाले दैनिक दुई पटक जयनगरबाट भारतको कुर्थासम्म यात्रुलाई सेवा दिनेछ। दुई वटा रेलले दुई सिफ्ट गरि दैनिक दुई पटक जयनगरबाट कुर्थासम्मको यात्रा गर्ने झाले बताए।

झाकाअनुसार हरेक दिन बिहान आठ बजे जयनगरबाट एउटा रेल कुर्थाका लागि छुट्नेछ। १० बजे उक्त रेल कुर्था पुग्नेछ। कुर्थामा केही समय रोकिएसँगै रेल फेरि त्यहाँबाट जयनगरका लागि निस्किने छ। 

दिउँसो ३ बजेबाट भने फेरि अर्को रेलले जयनगरबाट कुर्थासम्मको यात्रा गर्नेछ। दिउँसो तीन बजे जयनगरबाट छुट्ने रेल साँझ पाँच बजे कुर्था पुगेर यात्रु ओराल्नेछ। त्यसपछि फेरि जयनगरका लागि छुट्नेछ।

रेलमा सामान्य र एसी गरि दुई किसिमका बोगीहरु रहेका छन्। सामान्य बोगीको भन्दा एसी बोगीको भाडा पाँच गुणा बढी रहेको झाले बताए।

कुर्थाबाट चढेसँगै सामान्य बोगीको भाडा २० रुपैयाँ र एसीको भाडा १०० रुपैयाँ रहेको छ। कुर्थाबाट परवहासम्म सामान्यमा २० रुपैयाँ र एसीमा १०० रुपैयाँ भाडा तोकिएको छ। त्यस्तै, कुर्थाबाट वैदही सामान्यमा २५ र एसीमा १२५, कुर्थाबाट महिनाथपुर सामान्यमा ३५ र एसीमा १७५, कुर्थाबाट खजुरीसम्म सामान्यमा ५५ र एसीमा २७५ र कुर्थाबाट इनर्वासम्म सामान्यमा ६० र एसीमा ३०० रुपैयाँ भाडादर तोकिएको छ। जयनगरसम्मको भाडा भने सामान्यमा ७० र एसीमा ३५० तोकिएको छ। 

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए। सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ। यस्तै, आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनी बताउँछन्।

दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने
सम्बन्धित सामग्री
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त... बिहीबार, मंसिर ११, २०८२
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो। आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्