काठमाडौं– आफ्नो पार्टीमा प्रवेश गर्नेहरुलाई रोक्न प्रतिगामीले न्वारनदेखिको बल लगाइरहेको टिप्पणी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। समाजवादी प्रेस संगठनले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
नेकपा एमाले र केपी शर्मा ओलीको नाम नलिई उनले पार्टीमा प्रवेश गर्ने लहर रोक्न लागिपरेको टिप्पणी गरेका हुन्। ‘पार्टीमा प्रवेश गर्ने जुन लहर चलिरहेको छ। यो लहर रोक्नका लागि प्रतिगामी शक्ति न्वारनदेखिको बल लगाएर लागेका छन्,’ उनले भने, ‘अरुको पनि निन्द्रा हराम गरेर लागिरहेका छन्। कतिपय ठाउँमा त खसी काट्ने काम भएको छ। बुक गरेको बस समेत रोक्ने प्रयत्न भएको छ।’
उनले सही विचार बोकेको एकीकृत समाजवादीमा आउनेहरुलाई रोक्न जति नै प्रयत्न गरे पनि कुनै पार नलाग्ने प्रष्ट पारे।
उनले सबै हिसाबले प्रतिगामी दिशामा लागेहरुको प्रवृत्ति छताछुल्ल हुँदै गएको बताए। ‘दिमाग खुस्कोको मानिस जस्तै बकबक गरेको छ। हामी त्यस्तो बाटो लिदैनौं। त्यस्तो प्रवृति अवलम्बन गर्दैनौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।