काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भारतको बनारस पुगेका छन्। तीन दिने भ्रमणको लागि भारत गएका उनी आइतबार बिहान एयर इन्डियाको विमानबाट बनारस (वाराणसी) पुगेका हुन्।
देउवाको साथमा पत्नी आरजु राणा सहित परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव पनि बनारस पुगेका थिए।
उनीहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गरेका थिए। देउवाले त्यहाँका धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ।
गत शुक्रबार नयाँ दिल्ली पुगेका देउवाले शनिबार महत्त्वपूर्ण भेटघाट सकेका छन्। उनी आजै बेलुका स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।