काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्कंदैछन्। प्रधानमन्त्रीको टोली आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आज वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।