काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ।
शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोल अन्तरले हराएको हो। लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले एक–एक गोल गरे।
खेलको २२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिएका थिए। त्यसपछि खेलको ८९ औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए।
जितसँगै ३० खेलबाट ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ। वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।