काठमाडौं– ब्रेन्टफोर्ड इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार सम्पन्न खेलमा चेल्सी ब्रेन्टफोर्डसँग १-४ गोलले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। ४८औं मिनेटमा एनगोलो कान्टेको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
तर, त्यसको दुई मिनेट नबित्दै ब्रेन्टफोर्डका भिटाली जानेल्टले बराबरी गोल फर्काए। ५२औं मिनेटमा ब्रेन्टफोर्डकै क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता १–२ को अग्रता दिलाए।
६०औं मिनेटमा जानेल्टले नै ब्यक्तिगत दोस्रो गोल गर्दा ब्रेन्टफोर्ड १-३ गोलअन्तरले अघि पुग्यो। ८७औं मिनेट योआने विसाले गोल गरेपछि चेल्सी १–४ गोलअन्तरले पराजित भयो।
पराजित चेल्सी २९ खेलबाट ५९ अंक जोडेको अंक तालिकाको तेस्रो स्थानमा छ। जित निकालेको ब्रेनफोर्ड ३१ खेलबाट ३३ अंक जोडेर १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।