काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा छलफल भएको छ।
तीन दिने भ्रमणका लागि शुक्रबार भारत पुगेका प्रधानमन्त्री देउवाले शनिबार बिहान साढे ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षिय सम्बन्धलाई सुदृढ गर्ने बारेमा छलफल भएको हो।
त्यससँगै नेपाल र भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहयोगलाई थप विस्तार गर्ने उपायहरुको बारेमा पनि उनीहरुले विचार आदनप्रदान गरेका छन्।
प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो। द्विपक्षीय भेटवार्तापछि नेपाल भारतबीच विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।