काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।
तीन दिने भ्रमणका लागि शुक्रबार भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान साढे ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटपछि वार्ता भइरहेको हो।
प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भइरहेको हो। द्विपक्षीय भेटवार्तापछि नेपाल भारतबीच विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।