काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा राजघाट पुगेका छन्। उनी शनिबार बिहान महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्न राजघाट पुगेका हुन्।
प्रधानमन्त्री देउवासँगै पत्नी आरजु पनि राजघाट पुगेकी थिइन्। देउवाले समाधिस्थलमा फूल चढाएका छन्।
त्यहाँबाट निस्किएर देउवाले भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने छन्।
द्विपक्षीय भेटवार्तापछि नेपाल भारतबीच विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।