काठमाडौं– मनाङ मर्स्याङ्दी क्लबले दमक गोल्डकपको उपाधि जितेको छ।
प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै मनाङ विजयी भएको हो। मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गरे।
खेलको ५९औं मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे। ६७औं मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे।
जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।