काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्किएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानवमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाणले सम्हाल्ने गरि तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार दिउँसो १ बजेर २५ मिनेटमा नयाँदिल्ली प्रस्थान गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।