काठमाडौं- कैलाश विकास बैंक लिमिटेडले गुल्मीको कालीगण्डकी गाउँपालिकाको रुद्रवेणीमा ५३औं शाखा स्थापना गरी कारोबार सुरु गरेको छ।
शाखाका सञ्चालक चिन्तामणि पाण्डेले बैंकको उद्घाटन गरेका हुन्। यस नयाँ शाखासहित बैंकको शाखा संख्या ५३ पुगेको छ भने एटिएम संख्या २५ पुगेको छ।
बैंकले चाँडै ओखलढुङ्गाको मानेभञ्ज्याङ, रुपन्देहीको भलवारी, धनुषाको जनकपुर, नवलपरासीको कावासोती र बर्दघाटमा पनि थप शाखा सञ्चालनको तयारी गरेको छ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु २ अर्ब ५२ करोड रहेको छ। हालसम्म रु २० अर्ब ७२ करोड निक्षेप संकलन गरी बैंकले रु १९ अर्ब १५ करोड कर्जा प्रवाह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।