काठमाडौं- सरस्वती युथ क्लब र नयाँबस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुबै टोलीले गोलका केही अवसहरहरु पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।
बराबरीसँगै नयाँबस्तीले १० खेलबाट १४ अंक जोडेको छ। यस्तै, समान खेल खेलेको सरस्वतीको १६ अंक छ। यसअघि आजको पहिलो खेलमा खुमलटार युथ क्लबले श्री भगवती क्लबलाई ४–२ ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।