काठमाडौं– एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २४ खेलाडी डाकिएको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ।
यसअघि यसै प्रतियोगिताका लागि एन्फाले थाइल्यान्डमा दुई मैत्रीपूर्ण फुटबल खेल खेलाएको थियो। तर, दुवै खेलमा नेपाल पराजित भएको थियो।
नेपाल छनोटमा समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली रहेका छन्।
यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।