काठमाडौं– एएफसी कप छनोट-२०२२ को प्लेअफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न श्रीलंकन फुटबल क्लब ब्लु स्टारको टोली नेपाल आइपुगेको छ।
ब्लु स्टार टोली बिहीबार अपरान्ह नेपाल आइपुगेको हो। ब्लु स्टारले मछिन्द्रसँग आगामी मंगलबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छ।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। जुन खेल अप्रिल १२ मा हुनेछ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक एफसी क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो।
यसपटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ। अघिल्लो पटक मछिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी कप खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।