फाइल तस्बिर
काठमाडौं– चुनावी गठबन्धका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बिहीबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको हो।
बैठकमा एमसीसी संसदबाट अनुमोदन भएपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय जनमोर्चा पनि सहभागी छ। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि बैठकमा सहभागी छन्।
त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पुष्पकमल दाहाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का, गगन थापा, राजेन्द्र श्रेष्ठ, अशोक राई र ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।
बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ। बैठकमा स्थानीय तह निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंगलबार आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपछि पहिलो पटक बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।