काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निरन्तर रहने बताएका छन्। रिपोर्टस् क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो पार्टीले गठबन्धनलाई सँगै लैजाने निर्णय गरेको स्मरण गराए।
गठबन्धन अगाडि बढ्नेमा दुई मत नरहेको उनको भनाइ छ। 'म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री भएको हो,' उनले भने, 'गठबन्धन हाम्रो अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु। अप्ठ्यारोलाई फुकाएर अगाडि बढ्छौँ।'
नेपाली कांग्रेसको केही दिनअघि सम्पन्न केन्द्रीय कार्यसमिति अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।