काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको दाबी गरेका छन्।
शुक्रबार रिपोटर्स क्लब नेपालको वार्षिकउत्सव कार्यक्रममा बोल्दै प्रचण्डले संकट मोचनको भूमिका माओवादीले खेल्ने गरेको उनले बताए।
‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ' प्रचण्डले भने, 'शान्ति सम्झौतादेखि एमसिसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो।'
तर, संकट मोचनको भूमिकालाई सबैले स्वीकार गर्न नसक्ने देखिएको उनको भनाइ थियो। 'माओवादीले संकट मोचनको भूमिका खेल्नुपर्ने तर सबैले स्वीकार गर्न नसक्ने पनि देखिएको छ।'
प्रचण्डले माओवादीप्रति जनताको फेरि आकर्षण बढेको बताए। तर यसमा आफूले अहंकार नगरेको उनको भनाइ छ। 'माओवादीप्रति फेरि आकर्षण बढेको छ। यसो भनेर अहंकार गरेको छैन' प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।