काठमाडौं– फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरी रोकियो।
खेलको २४औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याए।
बराबरीसँगै १७ खेलमा ३९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ।
अर्जेन्टिनाले यस अघि नै विश्वकपमा स्थान बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।