काठमाडौं– पोर्चुगल फिफा विश्वकप २०२२ कतारका लागि छनोट भएको छ। युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा पुगेको हो। पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे।
खेलको ३२औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए।
त्यसअघि रोनाल्डो पोर्चुगललाई अग्रता दिलाउनबाट चुकेका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनमा गरेको प्रहार थोरैले बाहिरिएको थियो।
दोस्रो हाफमा ब्रुनोले अग्रता दोब्बर पारे। ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपनजिक पुर्याएका थिए। जोटाको क्रसमा ब्रुनोको प्रहार गोल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।