काठमाडौं- कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संसदीय समिति गठन गर्ने भनिए पनि विवादका कारण समिति नै गठन नगरी बैठक सकिएको छ।
कांग्रेसका प्रभावशाली नेताहरु रामशरण महत, अर्जुन नरसिंह केसी तथा चित्रलेखा यादव लगायतका नेताहरु हट्न तयार नभएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
'ती सदस्यहरु नहट्ने भएपछि नवआकांक्षीहरु एनपी साउद, बालकृष्ण खाण तथा ज्ञानेन्द्र कार्की नअट्ने हुने भयो', उनले भने, 'त्यसैले संसदीय समिति नै गठन भएन।'
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि मात्रै परामर्श गरेर सो समिति गठन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।