काठमाडौं- नेपाली कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट संसदीय समिति गठन गर्ने भनिएको भए पनि गठन भएन।
अब प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि मात्रै उक्त समिति गठन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
'अनुशासन समिति र संसदीय समिति गठन हुने भनिएको थियो', महतले भने, 'तर, प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँ फर्किएपछि आवश्यक परामर्श गरेर ती समिति गठन गरिन्छ।'
कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गरेको छ। स्थानीय आवश्यकता र अवस्था अनुसार गठबन्धन गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।