• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक

निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने विषयमा संस्थापन र इतर पक्षबीच मतभेद

64x64
बीपी अनमोल सोमबार, चैत १४, २०७८  २०:३०
1140x725

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। मुख्यतयाः बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनको तयारीलगायत गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषयमा नै छलफल केन्द्रित छ।

सोमबार नै केन्द्रीय कार्यसमितिको बैठक सक्ने तयारी भएपनि नेताहरूले बोल्ने क्रम लामो भएपछि मंगलबार पनि बस्ने भएको छ। बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने वा कांग्रेस एक्लाएक्लै निर्वाचनमा जाने भन्ने विषयमा नै छलफल जारी छ। तर, बैठकमा संस्थापन पक्ष र इतर पक्षबीच गठबन्धन गरेर जाने कि के गर्ने भन्ने विषयमा नै मतभेद देखिएको छ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने विषयमा नै प्रष्ट देखिएका छन्। उनीनिकटका अन्य नेताहरू पनि यसमा प्रष्ट देखिएका छन्। तर, पार्टीभित्रको संस्थापन इतर समूह भने गठबन्धनको विपक्षमा देखिएको छ। 

देउवा र शेखरबीच सवाल जवाफ
सोमबारको बैठकमा आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग गठबन्धन गर्ने विषयमा कांग्रेस सभापति देउवा र अर्को समूहका नेता डा शेखर कोइरालाबीच सवाल–जवाफ नै भएको छ। 

जारी केन्द्रीय कार्य समितिको बैठकमा सोमबार डा शेखर कोइरालाले सभापति देउवाको नेकपा (माओवादी केन्द्र) मोहले गठबन्धन ‘लाद्न’ खोजिएको आरोप लगाएका छन्। उनको आरोपपछि सभापति देउवाले त्यसको जवाफ फर्काएका थिए।

‘गठबन्धनमाथिबाट गर्ने, तर तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छ? हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं,’ बैठकमा कोइरालाले भने। 

उनले गठबन्धनभन्दा पार्टी एकतामा ध्यान दिन सुझाएका थिए। पार्टी एक भए जित सुनिश्चित रहेको उनको भनाइ थियो। सभापति देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बलियो रहेको बोल्दै हिँडेको भन्दै त्यसले कार्यकर्ताको मनोबल कमजोर बनाएको बताएका थिए। 

त्यसपछि बोलेका संस्थापन पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले चुनावी गठबन्धन गर्ने सहमति गठबन्धन सरकार बनाउने बेला नै भएको जानकारी गराए। कांग्रेसका एक नेताका अनुसार खाणले बैठकमा भने,‘सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो। अहिले तोड्न हुँदैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सन्तुलित बन्न खोजेका उनले गठबन्धनका नाममा आफ्नो संगठन अलग–अलग पार्न नहुने पनि बताए। कोइरालाले ‘माओवादी मोह’ भनेपछि देउवा आक्रोशित हुँदै आफ्नो ‘आइडोजोली’मा शंका नगर्न आग्रह गरे। ‘धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने होइन, अहिलेको अवस्था नि हेर्नु पर्‍यो नि’, उनको भनाइ थियो। 

उनले माओवादीलाई आफूले नभइ स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ल्याएको बताए। शान्ति सम्झौतामा ल्याएर गिरिजाले एउटा पार्टीको हैसियत दिएको उल्लेख गर्दै देउवाले थपे, ‘माओवादीलाई मैले ल्याएको हो? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो?’ 

उनले गठबन्धन नहुँदा आफूले नै बालबाल जितेको उल्लेख गर्दै हारेका (डा कोइराला)हरूलाई जिताउन गठबन्धन गर्नुपर्ने बताए। उनले पहिला गठबन्धन नगर्दा कांग्रेसका धेरै उम्मेदवारहरु हारेको स्मरणसमेत गराएका थिए। 

महामन्त्रीद्वयको फरक धारणा
केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि गठबन्धनको विषयलाई लिएर फरक धारणा आएको छ।

Xtrem

Xtrem

महामन्त्री थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताए। उनले आफू गठबन्धनको विपक्षमा रहेको पनि स्पष्ट पारे। ‘रुखमा मतदान गर्ने अहिले हँसिया–हथौडा र कलममा मतदान गर्न कांग्रेसले भन्न सक्दैन,’उनले भने,‘रुखबाहेक कतै भोट नहालेका लाखौं मतदातालाई अहिले अन्यत्र भोट हाल्न लगाउने हो भने भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के?’

जुनसुकै प्रस्तुतिमा पनि रुख नै रोज्ने मतदातालाई गठबन्धनका नाममा अन्यत्र भोट हाल्न बाध्य पार्दा आगामी दिनमा कांग्रेसले ठूलो क्षति बेहोर्नेतर्फ उनले सचेत गराए। नेताहरुलाई चिन्ह्न एउटा जित–हारको प्रतीक भएपनि मतदाताको रुखसँग भावनात्मक सम्बन्ध रहेको बताउँदै त्यसलाई ख्याल गर्न आग्रह गरे। रुखबाहेकमा भोट हाल्न लगाउने कुराले कांग्रेसलाई कमजोर बनाउँदै लैजाने उनको भनाइ छ। 

थापाले नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा रहेको आफूहरुले बारम्बार बोलिरहेको उल्लेख गर्दै भने,‘यो पटक कम्युनिस्टहरुबीच तालमेल हुन नदिएर लोकतन्त्र बचायौं भन्ने हो त?’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आगामी निर्वाचनमा आवश्यकता अनुसार चुनावी गठबन्धन गरेर जानुपर्ने धारणा राखे। ‘कुनै ठाउँमा नेपाली कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको छ। आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने हुन्छ,’उनले भने,‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नुपर्छ।’

अन्य नेताहरूको पनि फरक-फरक धारणा
केन्द्रीय समितिमा स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने नजाने विषयमा अन्य नेताहरूले पनि फरक-फरक धारणा व्यक्त गरेका छन्। कांग्रेसका नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने मत राखे।

‘नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत दिएर भएपनि एमालेलाई ‘साइज’मा राख्नुपर्छ,’पौडेलले बैठकमा भने। अहिलेको लडाइँ एमालेविरुद्ध भएको भन्दै उनले ‘गठबन्धन’ जरुरी रहेको प्रष्ट पारे।

यता,उपसभापति धनराज गुरूङले एकमतका साथ अघि बढ्नुपर्ने धारणा राखे। ‘उत्तरतिर कम्युनिस्ट किन गइरहेका छन् त्यो पनि बुझ्नुस्। कार्यकर्ताको मनोबल गिरेको छ। मामाघर गएका कम्युनिस्ट भान्जाभान्जीलाई मिले भने के हुन्छ,’उनले भने। 

अर्का उपसभापति पूर्णबहादुर खड्काले एकमनाले अघि बढे त्यसले पार्टी एक भएको सन्देश जाने भन्दै सबै एकजुट भएर जानु पार्टी हितमा हुने धारणा व्यक्त गरे। नेता रमेश लेखकले वर्तमान सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्ने बताए। 

‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौं। सरकारमा प्रभाव पर्ने गरि पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ’, उनले भने, ‘कांग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्छ।’ तर, गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको मनोविज्ञानलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए। 

सोमबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत,  बलबहादुर केसी. ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामालगायतले आ–आफ्नो धारणा राखेका छन्।

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ। ‘भोलि ३ बजे केन्द्रीय समिति बैठक पुनः बस्ने र उक्त बैठकले आएका सुझावहरुको आधारमा गठबन्धनबारे प्रस्ताव पारित गर्ने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश साथीहरुबाट आवश्यक स्थानमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने सुझाव आएको छ’ उनले भने ‘कतिपय साथीहरुको मत गठबन्धन नगरिकन एक्लै निर्वाचनमा गएर पार्टीको मत परीक्षण गर्नुपर्छ भन्ने पनि छ।  तर अधिकांशहरुको मत गठबन्धन गरेर कहाँ गर्ने र कहाँ नगर्ने निक्र्यौल गर्नुपर्ने सुझाव आएको छ।’  

त्यस्तै, गठबन्धन गर्दा पार्टीको उक्त स्थानको अवस्थासमेत हेर्नुपर्ने सुझाव आएको उनले बताए। बैठकमा आएको सुझाव अनुसार निर्णय लिनका लागि भोलिको बैठकले एउटा प्रस्ताव तयार गर्ने अनि त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गर्ने उनले बताए। 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्