• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काठमाडौं ट्रेनाले : कलामा इतिहास उत्खनन् 

64x64
धनु विश्वकर्मा मंगलबार, चैत १५, २०७८  ०७:०४
1140x725

काठमाडौं– अहिले जहाँ पाटन दरबार संग्रहालय छ, ठ्याक्कै त्यहीँ १४औँ शताब्दीसम्म बौद्ध गुम्बा थियो। गुम्बालाई भत्काएर मल्ल राजाले दरबार बनाए। पछि अनेक प्रयोजनका लागि उक्त दरबारको प्रयोग भयो। २०४६ सालसम्म त्यसको एउटा भागमा झ्यालखाना थियो। 

अहिले यही ठाउँमा कला प्रदर्शनी भइरहेको छ। राजा महाराजाहरूले सीमान्तकृतको संस्कृति, भाषा र पहिचानमाथि इतिहासदेखि गरिरहेको अतिक्रमणको प्रतीकात्मक सन्देश दिन यो ठाउँमा समेत ‘काठमाडौं ट्रेनाले’ आयोजना गरेको ट्रेनालेका क्युरेटर हितमान गुरुङले बताए।

काठमाडौं ट्रेनाले भइरहेको अर्को ठाउँ बहादुर शाह बैठकसँग सम्बन्धित इतिहास पनि गुरुङले सुनाए। ‘उहिले पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा त्यही बैठक कोठामा काठमाडौं वरिपरिका राज्यमाथि आक्रमण गर्ने योजना बनाएको भनिन्छ। त्यहाँ हतियार र खरखजाना राखिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यस ठाउँलाई हामीले आदिवासी र सीमान्तकृतका पक्षमा रचिएका सिर्जनाको प्रदर्शनीस्थल बनाएका छौँ।’

पाटन संग्रहालय र बहादुर शाह बैठकको अध्ययन गर्दै जादा उत्पीडित समुदायमाथि राजा रजौटाहरूले गरेको दमन र शोषण थाहा भएको र त्यसविरुद्ध त्यही ठाउँमा कला प्रदर्शनी गर्ने सोच आएको गुरुङले बताए। ‘सीमान्कृत समुदाय दमनमा परेपछि जीवनयापनका लागि व्यापार गर्न र अरु विभिन्न काम खोज्दै बसाइसराइँ गर्ने गरेको पाइयो। अनि, कला, संस्कृति र भाषा परिवर्तन हुँदै गयो। अहिले तिनै विषयमा गरिएका सिर्जना प्रदर्शनीमा राखिएको छ,’ उनले भने।

पाटन दरबार संग्राहलय र बहादुर शाह बैठकमा मात्र नभइ नेपाल कला परिषद् बबरमहल, बबरमहलकै सिद्धार्थ आर्ट ग्यालरी र बौद्धस्थित तारागाउँ म्युजियममा पनि काठमाडौं ट्रेनाले आयोजना भइरहेको छ। काठमाडौं ट्रेनालेले काठमाडौंलाई कलामय बनाएको छ।

फागुन १७ बाट सुरु भएको काठमाडौं ट्रेनाले चैत १७ गतेसम्म चल्नेछ। यो कला प्रदर्शनी तीन वर्षमा एक पटक हुन्छ। यसअघि यस्तो प्रदर्शनी ‘काठमाडौं इन्टरनेशनल आर्ट फेस्टिभल’ का नाममा हुन्थ्यो। सन् २०१७ देखि काठमाडौं ट्रेनालेको नामबाट हुन थालेको हो। 

प्रदर्शनीको आयोजना सन् २००९ बाटै गर्न थालिएको हो। सन् २०२१ मा हुनुपर्ने नयाँ संस्करण कोभिड–१९ का कारण एक वर्ष धकेलिएको हो। यसपटक पाँच वर्षको अन्तरालमा प्रदर्शनी भएको काठमाडौं ट्रेनालेका क्युरेटर गुरुङले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्रेनालेमा ४० देशका १३० कलाकारका कलाकृति राखिएका छन्। प्रदर्शनी काठमाडौंका पाँच ठाउँमा भइरहेको छ। यसअघिका प्रदर्शनीमा भन्दा यसपटक पाँचै ठाउँमा कलाप्रेमीहरूको भिड बढेको क्युरेटर गुरुङले बताए। 

काठमाडौं ट्रेनालेको इभेन्टको क्युरेटर गुरुङ, शिलासा राजभण्डारी र कस्मिन कस्टिनास हुन्। यहाँ राखिएका नेपाली कलाकारका सिर्जनाले उत्पीडित समुदायको आवाज समेटिएको राजभण्डारीले बताइन्। 

त्यसैगरी अन्य देशका कलाकारले पनि सम्बन्धित देशका आदिवासी र तिनको कला, संस्कृति, भाषा, परम्परालगायतलाई सिर्जनामा अँटाएका छन्। यो वर्षको अवधारण नै जात, धर्म लिङ्ग, भाषा, भूगोल, परम्पराका आधारमा हुने विभेदविरुद्ध कला सिर्जनालाई समेट्नु रहेको क्युरेटर गुरुङले बताए।

कला परिषद् बबरमहल नजिकै रहेको माइतिघर मन्डल पनि ट्रेनालेमा समेटिएको छ। सामाजिक, आर्थिक र राजनीतिक मुद्दा उठाउने ठाउँ भएकाले कलामा पनि प्रस्तुत गरिएको उनको भनाइ छ। उनका अनुसार यसपटकको प्रदर्शनीमा सीमान्तकृत वर्गका सवाल, महिला हिंसा, जातीय भेदभाव, छुवाछुत, अन्धविश्वासजस्ता विषय समेटिएको छ।

प्रदर्शनीमा राखिएका कलामा भूत र वर्तमान मात्र नभइ भविष्यका विषय पनि आएका छन्। कलाकारले ३० हजार वर्षपछि आदिवासीको जनजीवन कस्तो होला भनेर परिकल्पना गरेको उनले बताए।

कर्णाली र सुदूरपश्चिमा भएका पुराना सामग्री, जो लोप हुँदै गएको छन्, तिनलाई पनि राखिएको छ। त्यहाँको दलित समुदायले गाउने हुड्केली, जालिया र चाप्कीलाई कलामार्फत प्रस्तुत गरिएको छ। नेपालको सन्दर्भमा वैदेशिक रोजगारी, गरिबी, स्वास्थ्य संकट, आर्थिक मन्दीजस्ता विषय त आएकै छन्। कोभिड–१९ पछिको जनजीवनलाई पनि समेटिएको छ।

यो वर्ष दैनिक एक हजार जनाले प्रदर्शनी अवलोकन गर्ने गरेको गुरुङले बताए। प्रदर्शनमा आउने युवाको संख्या धेरै रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्