काठमाडौं- हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी परित्याग गरि पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तुको सदरमुकार तौलिहवामा आयोजित कार्यक्रममा उनलाई पार्टीमा भित्र्याएका हुन्।
कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय नेकपा एमाले प्रवेश गरेका थिए।
त्यस्तै बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता-कार्यकर्ता पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।