काठमाडौं- नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले चुनावी गठबन्धन गर्ने सहमति गठबन्धन सरकार बनाउने बेला नै भएको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन इतरका नेता डा शेखर कोइरालापछि बोलेका उनले 'मोडालिटी'मा भने छलफल हुन जरुरी रहेको बताए।
कांग्रेसका एक नेताका अनुसार खाणले बैठकमा भने, 'सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो। अहिले तोड्न हुँदैन।'
गठबन्धनका नाममा आफ्नो संगठन अलग-थलग पार्न नहुने पनि खाणको भनाइ छ। डा कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने? भन्दै प्रश्न गरेका थिए।
पार्टीभित्रै सहमति जुटाउन नसकिएको अवस्थामा गठबन्धन गर्नु झन् हानिकारक हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।