फाइल तस्बिर।
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनमा गठबन्धनले रेकर्ड बनाउने मान्यताबाट आफूहरु अगाडि बढिरहेको बताएका छन्।
रोल्पामा निर्मित 'जनयुद्ध' स्मृति भ्यु टावर उद्घाटन गर्दै सोमबार प्रचण्डले गठबन्धन टुटाउनका लागि चलखेलहरु भइरहेको बताए।
'गठबन्धनलाई टुटाउनका लागि देशभित्र र बाहिरबाट धेरै चलखेलहरु भए। अझै पनि चलखेल भइरहेका छन्', उनले भने, 'तर, आज पनि हामी बाह्र बुँदे समझदारीका सहयात्री, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु दृढताका गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा पनि हामीले एउटा रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यताबाट अगाडि बढिरहेका छौँ।'
उनले गत साल झण्डैझण्डै प्रतिगमन हुने र संविधानमा प्राप्त उपलब्धि उल्टिने खतरा पैदा भएको उनले बताए। 'त्यसका विरुद्ध पनि हामीले आन्दोलन लड्यौँ। नयाँ खालको आन्दोलन गर्यौं र त्यसमा हामी सफल पनि भयौँ। त्यसपछि गठबन्धन बनाएर अहिले गठबन्धनको सरकार छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।