काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रङको चिह्न बदल्ने कुरा सहज र सामान्य नभएको बताएका छन्। आइतबार बसेको स्थायी कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै उनले यस विषयमा आयोगले दलहरुसँग परामर्श नगरेको बताए।
'निर्वाचन आयोगले विभिन्न विषयमा समय–समयमा दलहरुसँग परामर्श गर्ने गर्छ। तर, महत्त्वपूर्ण विषयमा परामर्श गर्नु नपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने भन्ने कुरा होइन। त्यसकारणले रङ बदल्ने निर्णय परामर्श नगरीकन गर्यो', उनले भने।
ओलीले रङ बदल्ने कुरा एउटा दल विशेषलाई, सत्ता धारी दललाई फाइदा पुग्ने गरी गरिएको आरोप लगाए। 'पहिले प्रचलित रङ परिवर्तनका लागि दलहरुको सहमति अनिवार्य हुन्छ निर्वाचनमा', उनले भने।
उनले नेकपा एमाले विगतमा पनि निर्वाचन आयोगबाट पीडित भएको भन्दै अब यस प्रकारका काम नहुन् भन्ने आफूहरुको अपेक्षा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।