काठमाडौं– नेपालको ३ दिने भ्रमण सकेर चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी स्वेदश फर्किएका छन्।
शुक्रबार नेपाल आएका वाङ आइतबार दिउँसो चीन फर्किएका हुन्। वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले विमानस्थलमा बिदाई गरे।
वाङको ३ दिने भ्रमणका क्रममा नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। शनिबार सिंहदरबारमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार, स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा पनि हस्ताक्षर भएको थियो।
भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पनि भेटवार्ता गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।