काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग् भेटवार्ता गरेका छन्। तीनदिने नेपाल भ्रमणमा रहेका वाङले आइतवार बिहान राष्ट्रपति निवासमा भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा चीन र नेपालको द्विपक्षीय सम्बन्ध र हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
आजै वाङले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।
नेपाली समकक्षी नारायण खड्कासँग छलफल पछि विभिन्न ९ वटा समझदारी पत्रमा दुई देशले हस्ताक्षर गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।